मन्त्रीकी छोरीको बिहेमा १ लाख पाहुना, ८ अर्ब खर्च | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

मन्त्रीकी छोरीको बिहेमा १ लाख पाहुना, ८ अर्ब खर्च

mahango bihe

एजेन्सी, ६ चैत ।  हामीकहाँ ठूलाबडा मान्छेहरुले आफ्ना छोराछोरीको बिहेमा तडकभडक देखाए भनेर आलोचना हुने गर्दछ । यस्तो आलोचनाको सिकार कहिलेकाहीँ नेताहरु पनि हुने गरेका छन् । यद्यपि हामीकहाँ जतिसुकै महंगो बिहे भए पनि त्यो धेरैमा करोडको अंक होला । उता भारतमा चाहीँ ८ अर्ब खर्चिएर एकजना नेताले आफ्नी छोरीको बिहे गराइएको थियो ।

कर्नाटक राज्यका स्वास्थ्यमन्त्री बी श्रीरामुलुले खर्चमा इतिहास रच्दै छोरीको बिहे गराइदिन लागेका हुन् । कर्नाटकमा भारतीय जनता पार्टीका संकटमोचक भनेर समेत चिनिने दलित नेता श्रीरामुलुले छोरी रक्षिताको बिहे गत मार्च ५ मा तय गरेका थिए । छोरीको बिहेमा नेतानीले पानी झैँ गरी पैसा बगाए ।

हैदरावादका एकजना उद्योगपतिसँग मन्त्रीकी छोरीको बिहे भएको हो । पाँच तारेखमा हुने बिहेको पूजाआजा तथा भोजभतेर २७ फेब्रुअरीमै भएको छ । ९ दिनसम्म चलेको उक्त समारोह भारतमा यो दशककै सबैभन्दा महंगो बिहे हुने बताइएको छ ।

स्मरण रहोस् यसअघि कर्नाटकमै जनार्दन रेड्डी नामका नेताले छोरीको बिहेमा करोडौँ खर्च गरी सबैभन्दा महंगो बिहेको रेकर्ड रोखका थिए । श्रीरामुलुले उक्त रकेर्ड तोडेका छन् ।

मन्त्रीले छोरीको बिहेमा भारतका शीर्ष नेताहरुसँगै ५ सय पुजारीहरुलाई समेत निमन्त्रणा गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्रीलगायतका नेताहरुलाई उनले व्यक्तिगत निमन्त्रणा नै पठाएका थिए । विशिष्ठ पाहुनाहरुको बसोबासका लागि बैंगलोरमा विशेष व्यवस्था गरिएको थियो । बिहेको लागि १ लाख पाहुनाहरुलाई निम्तो कार्ड पठाइएको थियो । निम्ताकार्ड सँगै केशर, सुकुमेल, सिन्दुर, बेसार तथा अक्षता पनि पठाइएको छ ।

४० एक्कड क्षेत्रफलमा फैलिएको प्यालेस ग्राउण्डमा उक्त बिहे समारोह भएको थियो । जसमध्ये १५ एक्क्ड त गाडीको पार्किङका लागि मात्र छुट्टाइएका थिए ।

पछिल्लो ३ महिनादेखि बिहेको मण्डप निर्माण कार्य भैरहेको थियो । समारोह स्थल हम्पी विरुपाक्ष मन्दिरसमेत अन्य मन्दिरको स्वरुपमा तयार गरिएको छ, जुन ४ एक्कडमा फैलिएको छ ।

मण्डप तथा बिहे समारोह स्थलमा फूलहरु सजाउनका लागि २ सय मजदूर खटिएका थिए । बिहे समारोह हुने सेट डिजाइनका लागि बलिउडबाटै कला निर्देशकहरुलाई बोलाइएको थियो ।

बलिउड अभिनेत्री दीपिका पादुकोणकी मेकअप आर्टिस्टले बेहुलीलाई सजाएकी थिईन । बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित क्यामराम्यानहरुले बिहेका दृश्यहरु खिचेका थिए  । बेहुली पहिरनको डिजाइन चाहीँ चर्चित डिजाइनर सानिया सरदारियाले गरेकी थिईन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);