मन्त्रीले नै गराए बालविवाह | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

मन्त्रीले नै गराए बालविवाह

pradesh 2-bal bibaha

सिरहा, १५ बैशाख । प्रदेश २ सरकारले करोडौं रुपैयाँ खर्च गरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको छ। तर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले नै अभियानको खिल्ली उडाउँदै एक दलित बालिकाको विवाह गराएका छन्। मण्डल राजपाबाट मन्त्री भएका हुन्। केही महिनायता प्रहरीले सिरहामा ७ बालविवाह रोकेको छ।

मन्त्री मण्डलले आफ्नै उपस्थितिमा वैशाख ११ गते सिरहाको कल्याणपुर नगरपालिका–३ प्रसाहीकी १४ वर्षीया राधा मल्लिक (डोम)को धनुषाको औरही गाउँपालिकाका अजय मल्लिकसँग बिहे गराइदिएका छन्। ती बालिकाको बिहेमा मन्त्री मण्डल र नगरपालिकाका ३ नम्बर वडाध्यक्ष अशोक मण्डलले लाखौं रुपैयाँ खर्च गरेका छन्। एउटा निर्धन दलितको छोरीको बिहे गराएर आफूले कुनै पाप नगरेको मन्त्री मण्डलले प्रतिक्रिया दिँदै आएका छन्।

बिहेमा जन्तीको स्वागतका लागि टेन्ट, भोजभतेर, दुलहा–दुलहीको कपडा र गहना गरी १ लाख रुपैयाँभन्दा बढी खर्च भएको वडाध्यक्ष अशोकले बताए। बिहेका लागि मन्त्री र आफूले व्यक्तिगत रूपमा सहयोग गरेको उनले सुनाए।

तर मन्त्रीले बिहे गराएकी राधाको उमेर अहिले विवाह गर्ने भएको छैन। जन्म दर्ता प्रमाणपत्रमा उनको जन्म मिति ०६२ वैशाख १० गते उल्लेख छ। उक्त मितिअनुसार बिहे भएको दिन उनको उमेर १४ वर्ष पुग्छ। कानुनले बिहेको लागि २० वर्ष उमेर पुग्नुपर्ने तोकेको छ। आर्थिक अवस्था कमजोर भएकी राधाले पहिले नै पढाइ छाडेकी थिइन्। स्थानीयका अनुसार राधाले कक्षा २ मा नै अध्ययन गर्दा स्कुल छाडेकी थिइन्।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);