राष्ट्रियसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राष्ट्रियसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

nirbachan aayog

सम्बन्धित जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइयो,  आजैबाट काम सुरु

काठमाडौं, २७ पुस । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात वटै प्रदेशमा मुख्य निर्वाचन अधिकृत तोकेको छ । आयोगले सातै प्रदेशमा निर्वाचन गराउन सम्बन्धित जिल्लाका न्यायाधीशहरूलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरेकोे हो । आजैदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।

यी हुन् मुख्य निर्वाचन अधिकृत

 प्रदेश १: राजुकुमार खतिवडा

प्रदेश २ : राधाकृष्ण उप्रेती

प्रदेश ३ :  बालमुकुन्द दवाडी

प्रदेश ४ :  दीपेन्द्र अधिकारी

प्रदेश ५ :  हेमन्त रावल

प्रदेश ६ : मेदिनीप्रसाद पौडेल

प्रदेश ७ : जयानन्द पनेरु

माघ २४ गते हुने  राष्ट्रियसभा निर्वाचनका लागि आयोगले बुधबार कार्यतालिका सार्वजनिक गरेको छ ।  कार्यतालिका अनुसार २४ गते  विहान १० बजेबाट मतदान सुरु हुने छ । मतदान अपरान्ह ३ बजेसम्म जारी रहने आयोगले जनाएको छ ।

आयोगले माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने र ९ गते अन्तिम नामावली प्रकाशन गरी १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने जनाएकाे छ । यसैगरी १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले आज सार्वजनिक गरेको तालिका अनुसार सबै प्रदेशका उच्च अदालत रहेका स्थानमा विहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने छ ।

यी ठाउँमा छन् उच्च अदालत
प्रदेश १ – विराटनगर
प्रदेश २ – जनकपुर
प्रदेश ३ – पाटन
प्रदेश ४ – पोखरा
प्रदेश ५ – तुलसीपुर
प्रदेश ६ – सुर्खेत
प्रदेश ७ – दिपायल

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);