राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको तयारी सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौँ, पुस १५ । निर्वाचन आयोगले राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको तयारी सुरु गरेको छ ।

आयोगले तयारीस्वरुप राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ २५ गते तोक्न सरकारलाई सुझाव दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितको आयोगको टोलीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटार पुगेर भेटी राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ २५ गते तोक्न सुझाव दिएका छन । आयोगले प्रदेश प्रमुखको नियुक्ति गर्न र प्रदेशको राजधानी तोक्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेको छ । जवाफमा प्रधानमन्त्री देउवाले राजनीतिक दलहरुसँग छलफल गरी मन्त्रिपरिषद्को आगामी बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने बताएको प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले जानकारी दिए ।

सरकारले आयोगको परामर्शमा निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभाका ५ सय ५० सदस्य तथा ७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख एक हजार ५ सय ६ गरी दुई हजार ५६ जनाले भोट हाल्न पाउनेछन । निर्वाचनका लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ तथा प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ । प्रदेश राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई आयोगले निर्वाचन अधिकृत तोक्नेछ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट तीन महिलासहित ५६ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । उनान्साठी सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले एक महिलासहित तीन जना मनोनयन गर्ने व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);