प्रदेश २ निर्वाचन : डेढ घण्टामा खस्यो १५ प्रतिशत भोट | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौँ, २ भदो । प्रदेश नम्बर २ मा जारी स्थानीय तहको निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि सुरु भएको मतदानमा डेढ घण्टामा १५ प्रतिशत मत खसेको छ।

बिहान ८ः३० बजेसम्ममा करिब १५ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। मतदान शुरू भएका आठ जिल्लाका केही मतदान केन्द्रहरूमा राजनीतिक दलका प्रतिनिधि आउन ढिला भएको र केही स्थानमा गए राति भएको वर्षाबाट जमेको पानी हटाउँदा केही ढिलो भएको आयोगले जनाएको छ।

अहिले सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण एवं उत्साजक रूपमा मतदान कार्य जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए।

मतदान कार्य आज अपरान्ह ५ बजेसम्म जारी रहने छ। प्रदेश नं। दुईका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा आज भएको यस निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउ्रँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुने छन्।

 

निर्वाचन आयोगको विज्ञप्ति

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);