प्रदेश नम्बर दुईमा शान्तिपूर्ण रुपमा मतदान जारी | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

प्रदेश नम्बर दुईमा शान्तिपूर्ण रुपमा मतदान जारी

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान जारी छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त पछिल्लो जानकारी अनुसार, सप्तरीमा ५० प्रतिशत, सिरहामा ५० प्रतिशत, धनुषामा ४५ प्रतिशत, रौतहटमा ६० प्रतिशत, महोत्तरीमा ५० प्रतिशत, बारामा ५० प्रतिशत, पर्सामा ५५ प्रतिशत र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ ।

यसैगरी निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले सोमबार बिहान सप्तरी सदरमुकामस्थित आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

आज अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताहरूले मतदान गर्न पाउने छन् । प्रदेश नं दुईमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा सोमबार भइरहेको मतदानबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुने छन्।