प्रदेश नम्बर २ मा ७३ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रदेश नम्बर २ मा ७३ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान

काठमाडौं, २ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले ७३ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

अाज भएकाे निर्वाचनमा मतदाताको उत्साह जनक सहभागीता रहेको थियो । छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ ।

प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह कायम गरिएको छ । आजको निर्वाचनबाट ६ हजार ६ सय २७ जना जन प्रतिनिधि निर्वाचित हुनेछन् ।

मतदान सम्पन्न भएसँगै अहिले मतपेटिका मतगणना स्थलमा सुरक्षित रुपमा लैजाने काम भइरहेको आयोगले जनाएको छ । प्रदेश नम्बर २ मा पर्ने बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाही गरी आठ जिल्लामा आज मतदान भएको हो । मतदानको सम्पूर्ण मतपरिणाम आउन एक हप्ता लाग्ने आयोगले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);