७२ घण्टा भित्रमा सरकारले निर्णय फिर्ता नलिए आन्दोलनमा जाने चिकित्सकको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

७२ घण्टा भित्रमा सरकारले निर्णय फिर्ता नलिए आन्दोलनमा जाने चिकित्सकको चेतावनी

काठमाडौं, २ असोज । चिकित्सकको लापर्बाहीले विरामीको ज्यान गएको पुष्टि भएमा त्यसको क्षतीपूर्ति चिकित्सकहरुबाटै दिलाउने सरकारको निर्णयलाई नेपाल चिकित्सक संघले घोर निन्दा र भत्सर्ना गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चिकित्सकको लापरवाहीका कारण विरामीहरुको मृत्यु भएको पुष्टि भएमा सम्बन्धित चिकित्सकहरुबाटै क्षेतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था हुने गरी विधेयक तयार पार्न  स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो।

चिकित्सकहरुकै लापरबाहीका कारण कतिपय अस्पतालहरुमा विरामीहरुको ज्यान जाने गरेकाले सम्बन्धित चिकित्सकबाटै पीडितलाई क्षतिपूर्ति दिलाउने कानुनी व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय लिनु परेको सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

सरकारको यस्तो कदमलाई नेपाल चिकित्सक संघले अस्विकार गरेको छ । संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारको सो निर्णयप्रति आपत्ति जनाउँदै घोर निन्दा र भत्सर्ना गरेका छन् ।

सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी उनले सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि ऐनको भावना र मर्म विपरित सम्पूर्ण चिकित्सकको मान मर्दन हुने र पेशेवर सामाजिक अपराधिहरुको मनोबल बढाउने गरी चिकित्सकहरुबाटै क्षतिपूर्ति भराउने गरी विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको भन्दै आक्रोश व्यक्त गरे ।

सरकारको निर्णय ७२ घण्टा भित्रमा फिर्ता हुनुपर्ने माग
संघले सो विवादास्पद निर्णय ७२ घण्टा भित्र फिर्ता नलिए देशभर सम्पूर्ण स्वास्थ्य संस्थाहरु बन्द गरी निर्णायक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

संघका अध्यक्ष श्रेष्ठले कानुनी प्रावधानलाई समेत बेवास्ता गर्दै सरकारले चिकित्सकहरुको मानमर्दन गर्ने काम गरेको भन्दै त्यसको विरुद्ध आन्दोलन गर्न तयारी अवस्थामा रहन पनि देशभरका सबै स्वास्थ्य संस्थाहरुलाई अपिल गरेका छन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);