निर्वाचनका लागि छुट्टाइएको निर्धारित समय सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

निर्वाचनका लागि छुट्टाइएको निर्धारित समय सकियो

काठमाडौं, २ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि छुट्टाइएको निर्धारित समय सकिएको छ । विहान ७ बजेदेखि शुरु भई बेलुका ५ बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको थियो । ५ बजेसँगै निर्वाचनको औपचारिक समय सकिएको हाे ।

निर्धारित समम सकिए पनि ५ बजे भित्रमा मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले  भने मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

 प्रदेश नं. २ मा कायम गरिएको आठ जिल्लाका १३६ वटा स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । अपराह्न ३ बजेसम्म करिब ६३ प्रतिशत मतदान भएको  आयोगले जनाएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो जानकारीअनुसार सिरहा, बारा, रौतहट र धनुषामा ६५, महोत्तरीमा ६२ तथा सप्तरी, पर्सा र सर्लाहीमा ६० –६० प्रतिशत मतदान भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

 ५ बजे मतदानको समय सकिएपनि कति प्रतिशत मतदान भयो भन्ने बारेमा आयोगले साँझ ६ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);