७३ होइन, ७७ प्रतिशत मतदान : निर्वाचन आयोग | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

७३ होइन, ७७ प्रतिशत मतदान : निर्वाचन आयोग

आजबाट निर्वाचन आचारसंहीता लाग्ने

काठमाण्डौँ, ३ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । यसअघि निर्वाचन आयोगले ७३ प्रतिशत मतदान भएको जनाएको थियो ।

प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेइओसी० मा प्राप्त विवरणअनुसार सप्तरीमा ७६.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत, महोत्तरीमा ७३.३ प्रतिशत, सर्लाहीमा ७६.३ प्रतिशत, रौतहटमा ८०.४ प्रतिशत, बारामा ७९.४ प्रतिशत र पर्सामा ८०.१ प्रतिशत मतदान भएको छ ।

यसैबीच, १३६ स्थानीय तहमध्ये अहिले बिहान १० बजेसम्म ८९ स्थानीय तहमा मतगणना शुरु भइसकेको छ ।

ताजा समाचार