सिरहा : गोलबजार र लहान नगरपालिकामा माओवादी-कांग्रेसको अग्रता | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८३, आइतबार

सिरहा, ३ असोज ।  सिरहाको गोलबजार नगरपालिकामा माओवादी केन्द्र अग्रस्थानमा छ भने लहान नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिईरहेको छ। गोलबजार नगरपालिकामा माओवादीको मेयर पदका उम्मेदवार देवनाथ  साहले १५८ मत पाएका छन् भने एमालेका श्याम श्रेष्ठले ८९ मत सहित पछ्याइ रहेका छन्।

कांग्रेसका राजदेव साह ८७ मत छ भने संघीय समाजवादीका कृष्णकुमार सिंहले ५८ मत पाएका छन्।

 

त्यस्तैगरी सिरहाको लहान नगरपालिकामा नेपाली कांग्रेसका अच्मितलाल चौधरीले ७२५ मत सहित अग्रता लिईरहेका छन् भने संघीय समाजवादी फोरमका वैद्यनाथ साहले ७०४ मत सहित पछ्याई रहेका छन्। त्यस्तै गरी राप्रपाका उम्मेदवार लगनलाल चौधरीले ६९१ र एमाले मुनी साहले ६४५ मत पाएका छन्।