निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिनुपर्छ : गृहमन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

१९ साउन, काठमाण्डौँ । गृहमन्त्री जनार्दन शर्माले निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिँदा उपयुक्त हुने बताउनुभएको छ ।

संसदको राज्यव्यवस्था समितिको बिहिबारको बैठकमा मन्त्रि शर्माले सरकारसँगको परामर्शमा निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिँदा उपयुक्त हुने बताउनुभयो । राजनीतिक दलहरुको सुझावको आधारमा सरकार पनि आयोगलाई निर्वाचनको मिति तोक्ने अधिकार दिन सकारात्मक रहेको उहाँको भनाइ थियो ।

गृहमन्त्री शर्माले सरकार चरणवद्ध निर्वाचनको पक्षमा नरहेको समेत स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनमा महिलाहरुको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था विधेयकमा गरिएको पनि बताउनु भयो । गृहमन्त्री शर्माले सरकार संविधानको दायर भित्रै रहेर आवश्यक ऐन, नियम बनाउन प्रतिवद्ध रहेको पनि दोहोर्याउनुभयो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);