निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिन सकिदैन : रिजाल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिन सकिदैन : रिजाल

minendra rijal

काठमाडौं, ७ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने स्पष्ट पारेको छ ।

आइतबार काठमाडौंमा आयोजित अन्तर संवाद कार्यक्रममा बोल्दै काँग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने प्रष्टयाएका हुन् । उनले निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएकाले सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था नै उचित रहेको उनको तर्क थियो ।

नेता रिजालले निर्वाचन सम्पन्न गराउने दायित्व सरकार र राजनीतिक पार्टीहरुको बढि हुने भएकाले त्यसमा थप बहसको आवश्यक्ता तत्कालका लागि नरहेको स्मरण गराए । काँग्रेस नेता रिजालले निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाउने काम गर्न नहुने स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);