जोशीलाई महाअभियोग लगाउने गल्ती नगर्न काँग्रेसको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८३, सोमबार

जोशीलाई महाअभियोग लगाउने गल्ती नगर्न काँग्रेसको चेतावनी

deepak raj joshi

काठमाडौं, ७ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दिपकराज जोशीलाई महाअभियोग लगाउने गल्ती नगर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सचेत गराएको छ ।

सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधिश जोशीमाथि महाअभियोग लगाउन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले गोप्य रुपमा हस्ताक्षर अभियान संचालन गरिरहेको चर्चा भइरहेका बेला नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले त्यसो गर्नु गल्ती हुनेभन्दै सचेत गराएका हुन् ।

काँग्रेसले तत्कालीन प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको स्मरण गराउँदै वरिष्ठ अधिवक्ता समेत रहेका सांसद अधिकारीले काँग्रेसको जस्तै गल्ती नगर्न सचेत गराए ।

राजपा नेपालका सांसद वृशेषचन्द्र लालले मणिपाल अस्पतालले २० वर्ष अघि गरेको सहमति अनुसार सप्तरीमा इन्जिनियरिङ कजेल र जनकपुरमा मणिपाल मेडिकल कलेज खुल्न नसकेको भन्दै त्यस सम्बन्धमा संसदलाई जानकारी गराउन सरकारसँग माग गरे ।

मणिपाल अस्पतालले दुवै ठाउँमा इन्जिनियरिङ कलेज र मेडिकल कलेज स्थापनाका लागि ६ अरब २२ करोड बराबरको जग्गा लिए पनि सो सहमति कार्यान्वयन हुन नसकेको छैन ।