चोलेन्द्रशमशेर जबराविरुद्धकाे महाअभियोग प्रक्रियाअघि बढाउन सभामुखसमक्ष बारको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

चोलेन्द्रशमशेर जबराविरुद्धकाे महाअभियोग प्रक्रियाअघि बढाउन सभामुखसमक्ष बारको माग

cholendra-jabara

काठमाडौं। नेपाल बार एसाेसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार पुगेका बारका पदाधिकारीको टोलीले सभामुख सापकोटालाई भेटेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग अघि बढाउन आग्रह गरेको हो । संघीय संसदमा विचाराधीन रहेको जबराविरुद्धको महाअभियोग प्रस्ताव लामो समयसम्म अघि नबढेपछि बारको टोली सिंहदरवार पुगेको हो । बारकी महासचिव अञ्जिता खनालले चालु अधिवेशनबाट नै प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको छिनोफानो गर्ने गरी प्रक्रियाअघि बढाउन माग गर्न बारको टोली सभामुख सापकोटासमक्ष पुगेको जानकारी दिईन।

जबराविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले गत १ फागुनमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए भने २३ फागुनमा प्रतिनिधिसभा बैठकले महाअभियोग सिफारिस समिति बनाएको थियो । तर, न त समितिले न संसदले सो महाअभियोग प्रस्तावका बारेमा थप कुनै कारबाही प्रक्रिया बढाएको छैन । महाअभियोग प्रस्ताव भएलगत्तै प्रधानन्यायधिस राणा ४ महिनादेखि निलम्बनको अवस्थामा छन ।

Leave a Reply