राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति तय गर्न सांसदको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति तय गर्न सांसदको सुझाव

sambandha samiti

काठमाडौं, ७ असोज । सांसदहरुले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति तय गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा बोल्दै समितिका सदस्यहरुले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।

समितीकी सदस्य पुष्पा भुसाल (गौतम) ले परराष्ट्र सम्बन्धलाई मुलुकको हितमा केन्द्रित गर्न सरकारसँग आग्रह गरिन् ।

समितिका अर्का सदस्य भीम रावलले राष्ट्रको सर्वोत्तम हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्ध विकास गर्नुपर्ने आवश्यक्ता औंल्याए। उनले समितिले परराष्ट्र नीतिलाई राष्ट्रको हितमा केन्द्रित गर्न सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने पनि स्मरण गराए ।

बैठकमा समितिका नवनिर्वाचित सभापति पवित्रा निरौला (खरेल)ले मुलुकको समृद्धिको मूल आधारको रुपमा विकास गर्ने गरी परराष्ट्र सम्बन्ध विकासका लागि सरकारलाई आवश्यक निर्देशन दिन लागिपर्ने प्रतिबद्धता व्यक्त गरेकी थिईन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);