काठमाडौंको लैनचौरमा दक्षिण एशियाकै लग्जरी होटेल, मेरियट इन्टरनेशनलका अध्यक्षले गरे अवलोकन | ईमाउण्टेन समाचार

Our Network

जेठ २४ २०८३, सोमबार

काठमाडौंको लैनचौरमा दक्षिण एशियाकै लग्जरी होटेल, मेरियट इन्टरनेशनलका अध्यक्षले गरे अवलोकन

काठमाडौंको लैनचौरमा बनिरहेको दक्षिण एशीयाकै लग्जरी होटेलको काम तिब्र गतिमा भइरहेको छ ।
मेरियट इन्टरनेशनलअन्तर्गतका कम्पनीको फ्रेन्चाइजको रुपमा अस्ट्रेलियन व्यवसायी शेष घले यो ब्राण्ड भित्राएर निर्माण अघि बढाउनुभएको हो । मेरियट इन्टरनेशनलको स्थापना सन् १९२७ मा भएको थियो । हाल यसका ९ हजार सात सयभन्दा बढी होटल तथा रिसोर्टहरू १४० भन्दा बढी देशमा सञ्चालनमा छन् । यो होटल २०१३ देखि बन्न थालेपनि निर्माण अझै सकिएको छैन । लैनचौरमा बनिरहेको होटलको काम करिव ७५ प्रतिशत सकिएको र अब छिट्टै सञ्चालनको घोषणा गरिने घले जानकारी दिनुभयो । करिव १३ अर्ब रुपैयाँ लगानीमा होटल तयार हुने अनुमान थियो ।

उहाँकाअनुसार यो होटल साउथ एशीया अर्थात भारत, श्रीलंका, बंगलादेश, नेपालमै पहिलो लज्जरी होटल हुनेछ । ट्रेड मार्क रजिष्टेसनका लागि नाम दिइएको छ । अब १÷२ हप्तामा आउछ । हाल निर्माणको काम म्यारियटकै अनुरोधअनुसार भइरहेको उहाँले बताउनु भयो । घलेकाअनुसार निर्माणाधिन होटलको मेयरिट इन्टरनेशनको अध्यक्ष डेभिड म्यारिवटले अवलोकन समेत गर्नुभएको छ ।

लगानीकर्ता शेष घलेले भन्नुभयो–‘२०१३ देखि नै निर्माण शुरु भएको हो, विभिन्न परिस्थीतिले निर्माणमा ढिला भयो । लागत पनि धेरै नै बढ्न गयो । अब निर्माण पूरा हुन ३–४ महिना बाँकी छ । करिव १५ अर्बको हाराहारीमा पुग्ने देखिन्छ । २ महिना अघि हामीले मेरियट इन्टरनेशनलसँग साइन गरेका थियौँ । मेयरिट इन्टरनेशनको अध्यक्ष डेभिड म्यारिवटअवलोकन गर्न आज आउनुभयो । यो होटल साउथ एशिया अर्थात भारत, श्रीलंका, बंगलादेश, नेपालमै पहिलो लज्जरी होटल हुने भएको छ । ट्रेड मार्क रजिष्टेसनका लागि नाम दिइएको छ । अब १÷२ हप्तामा आउछ । त्यसैले हामीले पब्लिक नगरेको हो । म्यारियटकै अनुरोध अनुसार सबै काम भइरहेको छ ।’

लगानीकर्ता जमुना गुरुङ घलेले होटललाई अन्तर्राष्ट्रिय स्तरको विलासी सुविधासहित तयार पार्न विशेष ध्यान दिइएको बताउनु भयो । उहाँकाअनुसार होटललाई सुरुमा शेरेटन ब्रान्डमा सञ्चालन गर्ने योजना रहे पनि पछि ‘लक्जरी कलेक्सन’मा स्तरोन्नति गरिएपछि डिजाइन र संरचनामा व्यापक परिमार्जन गर्नुपरेको थियो । निर्माणका क्रममा दक्ष तथा अर्धदक्ष जनशक्ति अभावका कारण काम प्रभावित भएको उल्लेख गर्दै उहाँले नेपालमा हालसम्म उपलब्ध नभएका स्तरीय सेवा र सुविधासहित होटल सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘यो होटल म्यारिटले म्यानेज गरेको लज्जरी कलेक्सनको ब्राण्ड हो । यो साउन एशियाकै पहिलो होटल हो । म्यारियट इन्टरनेशनलका अध्यक्षले यो होटलको भिजिट गरेर धेरै खुसी हुनुहुन्छ । होटल लज्जरी लेभलमै रहेछ भने उहाँ खुशी हुनुभयो । यो होटललाई शेराटनबाट लज्जरी कलेक्सनमा अपग्रेड गर्दा धेरै कुरा उहाँहरुले चेञ्ज गर्न पनि लगाउनुभएको थियो । एक÷डेढ बर्ष नै लाग्यो चेञ्ज गर्न । अहिले ७० प्रतिशत होटल निर्माणको काम सकिसकेको छ । नेपालमा एकदमै समस्या स्कील र सेमिस्कील लेभर पाउन एकदमै गाह्रो रहेछ । त्यस्तो खालको जनशक्ती नपाएर पनि यो होटल निर्माणको काममा ढिला भइरहेको छ । काम गर्छु भन्दा पनि लेभर नपाएर धेरै नै हामीले समस्या भोगेका छौँ । जेन्जी, प्रोफेसरहरुले धेरै क्वालिटीको रात बिताउनका लागि हामीले सोहीअनुसारको डेकोरेसनहरु मिलाउँदैछौँ । अहिलेसम्म नेपालमा नपाएको त्यस्तो खालको सुविधा दिनका लागि होटल सोहीअनुसार बनाउँदैछौँ ।’

पछिल्लो समय विश्वकै सबैभन्दा ठूलो होटल तथा आतिथ्य कम्पनीहरूमध्येको मेरियट इन्टरनेशनलले नेपालमा व्यवसाय विस्तारलाई तिब्रता दिन खोजिरहेको देखिन्छ । अहिले नै मेरियट इन्टरनेशनलअन्तर्गतका कम्पनीको फ्रेन्चाइजमा मेरियट काठमाडौं, मोक्सी, फेरिफिल्ड, अलफ्ट र सोल्टी होटलमा अटोग्राफ कलेक्सन सञ्चालनमा छन् ।

Leave a Reply