नेपालकाे पयर्टन ठप्प, होटल व्यवसायीको लगानी जोखिममा | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

नेपालकाे पयर्टन ठप्प, होटल व्यवसायीको लगानी जोखिममा

मनिषा भण्डारी

काठमाडौ १ जेठ | अहिले विश्वनै कोभिड १९ को महामारी संग लडिरहँदा नेपाल पनि आफनो स्रोतसाधन जुटाएर महामारी सँग जुधिरहेको छ । नेपाल भ्रमण बर्ष २०२० सुरु गरी नेपालको पर्यटकीय क्षेत्रको अन्तराष्ट्यि रुपमा प्रचार गरी देशमै पनि रोजगारी बढाउने जुन लक्ष्य थियो त्यो पूरा भने भएन । सुरु गरे लगतै स्थगित भयो ।

यतिबेला कोरोना भाइरसको कारण नेपालको प्राय सबै क्षेत्र प्रभावित भएको छ। नेपालको पर्यटन क्षेत्र यो बेला ध्वस्तै भएको अवस्था छ। नेपालका पर्यटकिय केन्दहरु काठमाण्डौको ठमेल, पोखराको लेकसाइड लगायत सबै ठाँउहरु आज पर्यटकविहिन बनेका छन् । होटल बन्द रहेका छन् भने होटलमा काम गर्ने कामदार पनि कामविहिन बनेका छन् ।

होटल संघ नेपालले वैशाख देखि लागु हुने गरी ६ महिनासम्म हाेटल  बन्द गर्ने र काम गर्ने कामदारको तलव काटी १२ दशमलव ५ प्रतिशत मात्र तलव दिने यो निर्णय नमाने स्वत् होटल व्यवसायीले कामबाट निकाल्ने भन्ने निर्णयले श्रमिक अहिले समस्यामा परेका छन् । होटल संघ नेपालले गरेको निर्णय प्रति विभिन्न व्यक्तित्वहरुले फरक फरक मत राख्नु भएको छ ।

अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघका वरिष्ठ उपाध्यक्ष कुमार पन्तले कोरोना महामारीको समयको सबै जना मिलेर काम गर्नुपर्ने समयमा हानले गरेको निर्णय गलत भएको बताउनु भएको छ । यो निर्णय गैर जिम्मेवारी भएकोले श्रमिकको हकहितका लागि यो निर्णयको विपरित आन्दोलन गर्न पनि तयार रहेको बताउनु भएको हो ।सरकारले पनि तलव कटौती गर्न नपाउने र कामदार निकाल्न नपाउने भनेर गरेको निर्णय प्रति मजदुरहरु सरकारको पक्षमा रहेको बताउनु भएको छ ।

सुन्धारा होटल व्यवसायी संघका महासचिव देवी प्रसाद कडेलले होटल बन्द रहेकोले कार्यरत कामदारहरुलाई खान बस्न लगायतका सेवा सेवासुविधाहरु दिइरहेको तर लकडाउनको अवधी लम्बिए कार्यरत कामदारलाई प्रदान गर्दै आएको सेवा सुविधा दिन कठिन हने बताउनु भएको छ ।अहिले सम्म महिना पिच्छे तलव पनि प्रदान गर्दै आएको र होटलमा गरेको लगानी पनि डुबेकोले अब भने काम गर्ने कामदारलाई काममा राख्न  पनि समस्या भएकाे बताउनु भएकाे हाे ।

होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले कोरोनाको महामारीकाे बेला ६ महिना हाेटल बन्द गर्ने र कामदारको तलव कटौती गर्ने निर्णय समय सान्दर्भिक रहेको बताउनु भएको छ । यो समयमा होटलमा पर्यटककाे संख्या पनि शुन्य भएपछि होटल व्यवसाहीले भोगेको समस्यालाई मध्यनजर गरी निर्णय  गरिएको बताउनु भयो।नेपाल सरकार ,होटल व्यवसायी र कामदारको साझेदारीमा मात्र यो समस्यालाई समाधान गर्न सकिने हुदाँ यो बिषयलाई ध्यान दिएर कदम चाल्न आवश्यक रहेको बताउनु भएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले कोरोना महामारीको समयमा कोही पनि समस्यामा पर्न नहुने र यो समयमा एक अर्कोलाई सहयोग गरी अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।होटल व्यवसाहीहरुले पनि श्रमिकलाई समस्यामा पार्न नहुने र सामान्य अवस्था भन्दा भिन्न अवस्थामा रहेकोले सहज तरिकाले आपसी छलफलमा बसेर समस्याको समाधान गर्न आवश्यक रहेको बताउनु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);