हस्तकला उद्योग एक वर्षसम्म खोल्न सक्ने अवस्था छैन : पूर्वअध्यक्ष शाक्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हस्तकला उद्योग एक वर्षसम्म खोल्न सक्ने अवस्था छैन : पूर्वअध्यक्ष शाक्य

पुजा बेल्वासे

काठमाडौ , जेठ ०१

कोरोना भाइरसका कारण विश्व आक्रान्त बनेको छ । नेपालमा यसको रोकथाम र नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेबाट लकडाउन गरेको छ । लकडाउनले निर्यात गर्ने उद्योगहरु ठप्प रहेका छन् ।

निर्यातजन्य उद्योगमा हस्तकलाको उत्पादन हुन नसकेपछि अहिले सबै कार्यहरु ठप्प रहेका छन् । हस्तकला उद्योगका पुर्वअध्यक्ष धर्मराज शाक्यका अनुसार हस्तकला क्षेत्रलाई वर्तमान अवस्थामा कोरोनाले निकै नै प्रभाव पारेको छ । विश्व बजारमा अहिले जति पनि हामीले उत्पादन गरिएका हस्तकलाका सामग्रीहरु निर्यात गर्न सकिएको अवस्था छैन् । सबै हवाई उडान बन्द रहेको छ अवस्था छ । हस्तकलाका सामानहरु विश्वमा भित्राउन सक्ने अवस्था छैन् ।

हस्तकलाको व्यवसायलाई विस्तार गर्न र प्रवद्र्धन गर्न हस्तकला महासंघले सरकारका विभिन्न निकायसँग छलफलसमेत गर्दै आएको छ । अध्यक्ष शाक्यका अनुसार हस्तकला क्षेत्रलाई बचाउन सरकार वा सम्वन्धित क्षेत्रले लगानीको वातावरण बनाउने र सरकारले नै हस्तकला क्षेत्रको संरक्षण, प्रवद्र्धनका लागि केहि प्याकेज वा सुविधाहरु ल्याउनुपर्ने देखिन्छ ।

कोरोनाका शान्त अवस्थामा आए पनि विश्व बजारमा हस्तकलाका बस्तुहरु निर्यात गर्न सक्ने अवस्था रहदैन् अब झन बढि समस्या थपिदै आउने देखिएको छ ।

अबको दिनमा थप उत्पादन गर्न कच्चा पदार्थको सहज रुपमा आपूर्ति गर्न समस्या रहन्छ । अबको १ वर्ष सम्म हस्तकलाका सामाग्री उत्पादन गरेर सहज तरिकाले निर्यात गर्न नसक्ने अवस्था आएको अध्यक्ष शाक्यको भनाई छ ।

लकडाउनका कारण साना तथा मझौला उद्यमी, निर्यातकर्ता र व्यवसायीलाई पूँजीगत समस्या आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);