विश्व बजारमा नेपाली हस्तकलाको माग बढ्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विश्व बजारमा नेपाली हस्तकलाको माग बढ्दो

प्रमिला खतिवडा
काठमाडौं, १ पुस । परम्परागत मौलिक हस्तकला उत्पादनमा नेपाल विश्वमा अग्रस्थानमा रहेको छ । नेपालमा उत्पादित हस्तकला, पस्मिना, काष्ठकला, पेपर क्राफ्ट लगायतका नेपाली उत्पादन विश्वमा निकै लोकप्रिय मानिन्छन् ।

चालु आर्थिक बर्षको ३ महिनामा ५ अर्ब ३७ करोड ८९ लाख ७६ हजार रुपैयाँ भन्दा माथिको हस्तकलाका सामान विदेश निर्यात भएको छ ।

नेपाली हस्तकलाका सामाग्री विश्वमा करिब ६० देखि ६५ मुलुकमा पुग्ने गरेका छन् अमेरिका, चाइना,युरोप, जापान, क्यानडा लगायत भारतमा धेरै पुग्ने गरेका छन् ।

विशेषगरी अन्य मुलुकबाट नेपाल आउने पर्यटकको रोजाइमा पनि हस्तकला सामग्री निकै लोकप्रिय मानिन्छन् । नेपाली हस्तकलामा १५ लाखभन्दा बढीलाई रोजगारी दिइरहेको र अर्बौंको निकासी भइरहेको यस क्षेत्रले विदेशी देशसँग भइरहेको व्यापारघाटा कम गर्नमा मद्दत पु-याउने भएतापनि सरकारको उपस्थिति र हस्तकलाकै नीति नियम नभएकाले समस्या भएको व्यवसायिकै गुनासो रहेकोछ ।

नेपाली हस्तकलाका सामानलाई सहज निर्यात प्रवर्द्धन गर्न प्रविधि भित्र्याउनु पर्ने, दक्ष जनशत्ति हुनुपर्ने, सरकारले लगानी गनूपर्ने र हस्तकलासम्बन्धि नीतिगत रुपमै परिवर्तन नहुँदा विदेशमा आवश्यक मात्रामा पठाउन सकिने संम्भावना कम भएको हस्तकला व्यवसायी महासंघका उपाध्यक्षको भनाई छ ।

मौलिक परम्परागत हस्तकला मुलुकभित्र उपलब्ध साधनस्रोत तथा कच्चा पदार्थको कमीले गाउँ–गाउँमा रहेका सीप र उत्पादन प्रवर्द्धन हुन सकेको छैन । यस क्षेत्रमा लगानीको पनि समस्या रहेको व्यवसायीहरु बताउँछन ।

आर्थिक बर्ष २०७५/७६ को तथ्यांक अनुसार ३ महिनामा नेपाली हस्तकलाका सामानमा सबैभन्दा धेरै धातुबाट बनेका सामान १ अर्ब ३२ करोड ८६ लाख ३५ हजार भन्दा बढीको विदेश निर्यात भएकोछ ।

अघिल्लो आर्थिक बर्षको तुलनामा भने आर्थिक बर्ष ७५/७६ को ३ महिनामा भने धातुका सामानमा ९ दशमलव ३७ प्रतिशतले घटेको छ । समग्रमा अघिल्लो आर्थिक बर्षमा भन्दा चालु आर्थिक बर्षमा ३ दशमलव २ शुन्य प्रतिशतले बृद्धि भएको छ ।

चालु आर्थिक बर्षको ३ महिनामा ५ अर्ब ३७ करोड८९ लाख ७६ हजार रुपैया भन्दा माथिको हस्तकलाका सामान निर्यात भएकोछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);