उद्योगसचिव मरासिनी भन्छन्,–हस्तकला नेपालको निर्यातमा नेतृत्वदायी क्षेत्र बन्न सक्छ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

उद्योगसचिव मरासिनी भन्छन्,–हस्तकला नेपालको निर्यातमा नेतृत्वदायी क्षेत्र बन्न सक्छ

काठमाडौं, ३ असोज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले हस्तकला नेपालको निर्यातमा नेतृत्वदायी क्षेत्र बन्नसक्ने बताउनुभएको छ ।

मंगलवार नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला वस्तुहरु निर्यातका समस्या र समाधान विषयक गोष्ठीमा बोल्दै सचिव मरासिनीले यस्तो बताउनुभएको हो । उहाँले नेपालबाट विदेशमा निर्यात गर्नसक्ने धेरै वस्तुहरु रहेको भन्दै हस्तकला त्यसको नेतृत्वदायी क्षेत्र बन्नसक्ने सम्भावना रहेको बताउनु भयो । उहाँले सरकारले पनि प्राथमिकतामा राखेर उत्पादन वृद्धि गर्नसके निर्यातको नेतृत्व हस्तकला क्षेत्रले गर्ने दाबी गर्नुभयो । सचिव मरासिनीले हस्तकला परिवार,किसान,महिला र साना उद्यमीहरुसँग जोडिएको बताउनु भयो । उहाँले नेपालीहरु वैदेशिक रोजगारीको लागि भौंतारिएर विदेश गइरहेको बेलामा गाउँघर र समुदायमा नै थोरै शिक्षाबाट पनि उद्यमशिल बन्नसक्ने क्षेत्र हस्तकला भएको बताउनु भयो । उहाँले हस्तकलाका वस्तुहरु उत्पादन गरी विदेश निर्यात गर्नसके मात्रै मुुलुक आत्मनिर्भर बन्नसक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले निर्यातमा नगद अनुदान पनि दिइरहेको बताउनु भयो । उहाँले विदेश जाँदा र नेपालमा विदेशी पाहुनाहरु आउँदा नेपाली हस्तकलाको प्रयोग गर्न थालिएको बताउनु भयो । उहाँले हस्तकला बनाउने कालिगढहरुको अभाव भएर भारतबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्नको लागि नेपाली युवाहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने अवश्यकता औंल्याउनु भयो ।

उहाँले भन्नुभयो,‘ हस्तकला नेपालको विदेश निर्यात गर्ने लिडिङ क्षेत्र हुनसक्छ । नेपालले केही मुख्य वस्तुहरु निर्यात गर्नसक्छ । त्यसमध्ये नेतृत्वदायी क्षेत्र हस्तकला बन्नसक्छ । यो क्षेत्रको फाइदा परिवार,किसान,महिलासँग जोडिएको छ । नेपालीहरु वैदेशिक रोजगारीको लागि भौंतारिएर लाखौं युवाहरु विदेश गइरहेको बेलामा घरगाउँ र समुदायमा नै थोरै शिक्षाबाट पनि उद्यमशिलताका साथै आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्ने सम्भावना छ । सरकारले यसलाई प्राथमिकता दिनुपर्छ । सरकारले निर्यातमा नगद अनुदान पनि दिइरहेका छौं । विदेश जाँदा र नेपालमा विदेशी पाहुनाहरु आउँदा नेपाली हस्तकलाको प्रयोग गर्न थालिएको छ । हस्तकला बनाउने कालिगडहरुको अभाव भएर भारतबाट ल्याउनुपर्ने अवस्था रहेको सुन्छु । नेपाली युवाहरु २५ हजार तलबको लागि लाखौं रकम बुझाएर अरब जाने नेपालमा कामदार नहुने कमजोरी कसको हो । राज्यको कि व्यवसायीहरुको हो । सरकारले उद्यमशील गर्नेहरुलाई तालिमको लागि रकम छुट्याएको हुन्छ । त्यसबाट हस्तकला महासंघले सहकार्यमा कालिगढहरुलाई हस्तकला तालिम दिऔं ।’

उहाँले नेपाली युवाहरु २५ हजार तलबको लागि लाखौं रकम बुझाएर अरब जाने र नेपालमा कामदार नहुने अवस्था रहेको भन्दै यो कमजोरी सरकार र निजी क्षेत्र दुवैको भएको बताउनु भयो । उहाँले हस्तकला महासंघको सहकार्यमा कालिगढहरुलाई हस्तकला तालिम दिन सरकार तयार रहेको बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);