मंगलबार नेप्से १.२६ अंकले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मंगलबार नेप्से १.२६ अंकले बढ्यो

stock_exchange_nepse

काठमाडौं, १ पुस ।  पुष महिनाको पहिलो दिन मंगलबार नेप्से सूचक १ दशमलव २६ अंकले बढेर १ हजार १ सय ५५ दशमलब तीन सात अंकमा पुगेको छ । १ सय ६७ कम्पनीका ८ लाख ४० हजार ६ सय ७७ कित्ताशेयर ४ हजार ७ सय ३६ पटकको कारोबारबाट २७ करोड ९२ लाख ४४ हजार १ सय ३५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोरबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब दुई चार अंकले घटेर २ सय ५३ दशमलब दुई आठ अंकमा पुगेको छ । मंगलबार कारोबार भएका १२ समूहमध्ये ८ वटा समूहको सूचक उकालो लागेका छन । एनएमबि बैंकको सबैभन्दा बढी तीन करोड ४६ लाख बढीको कारोबार भएको छ ।

नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी नौ दशमलब ६ आठ प्रतिशतले कमाएका छन भने दिव्येश्वरी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी ६ दशमलब आठ नौ प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);