१६ औं ‘हस्तकला व्यापार मेला’ सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

१६ औं ‘हस्तकला व्यापार मेला’ सम्पन्न

hastakala mela

काठमाडौं, २ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा जारी १६ औं ‘हस्तकला व्यापार मेला’ समापन भएको छ । आईतबार सम्पन्न मेलामा सहभागी भएका व्यवसायीहरुले मेलामा भएको कारोबारबाट आफूहरु उत्साही भएको बताए ।

५ दिनसम्म चलेको मेला सबै दृष्टिले धेरै सफल भएको नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिए । विदेशीसहित करिव २ सय स्टल रहेको मेलामा सहभागी अवलोकनकर्ताहरुको भीडले पनि आफूहरुलाई उत्साही बनाएको शाक्यको भनाई छ ।

मेलामा करिव नौं करोडको कारोबार भएको अनुमान गरिएको छ । मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानसहितका अन्तराष्ट्रिय व्यापारीहरुले पनि स्टल राखेका थिए ।

अवलोकनकर्ताहरुले पनि मेला सहज र सस्तो भएको भन्दै यस्ता मेलाले नेपाली हस्तकलाका उत्पादनलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बताएका थिए ।

मेलामा काष्ठकला, सुनचाँदी, ऊनी तथा सुती र ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, बास र जडिबुटीका सामग्रीहरु मुख्य आकर्षणमा रुपमा राखिएका थिए ।

नेपालको हस्तकला सामग्रीको विश्व बजारमा उच्च माग रहँदै आएको छ । नेपाली हस्तकलाको आन्तरिक बजारमा वार्षिक १० अर्व बराबरको खरिद विक्री हुने गरेको छ भने त्यसै अनुपातमा अन्तराष्ट्रिय बजारमा पनि निर्यात् हुने गरेको बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);