गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचिमा ८१ औं नम्बरमा | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घले अष्ट्रेलियाका धनाढ्यको सूचिमा ८१ औं नम्बरमा

shes ghale

काठमाडौं, ११ जेठ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् ।

अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने बिजनेस रिभ्यु विक्लीले सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८७ करोड ६० लाख डलर सम्पत्तिसहित ८१ औं स्थानमा परेका हुन् । घले दम्पति गतवर्ष १०१ औं स्थानमा थिए । घले दम्पतीको सम्पति पछिल्लो एक वर्षमा झण्डै २३ करोड डलर वृद्धि भएको छ ।

उनिहरुसँग गतवर्ष ६४ करोड ७० लाख डलरको सम्पति थियो । एक वर्षमा ३५ प्रतिशत सम्पति थपिएपछि घले दम्पति धनाढ्यको सूचिमा २० औं स्थान माथि उक्लिएको हो । घले दम्पतिको अष्ट्रेलियामा शिक्षा, रियल स्टेटलगायत क्षेत्रमा लगानी छ । घले दम्पत्तिले काठमाडौंमा शेराटन ब्राण्डमा पाँचतारे डिलक्स होटल निर्माण गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);