सर्वोच्च चार न्यायाधीशलाई महाअभियोग लगाउने एमालेको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्वोच्च चार न्यायाधीशलाई महाअभियोग लगाउने एमालेको तयारी

काठमाडौं । नेकपा एमालेले परमादेश जारी गर्ने प्रधानन्यायाधी चोलेन्द्रसंशेर राणा विरुद्ध महाअभियोग दर्ता भए संगै परमादेश जारी गर्ने फैसलामा सहभागी भएका सर्वोच्च अदालतका चार न्यायाधीशलाई महाअभियोग लगाउने तयारी गरेको छ ।

परमादेश जारी गर्ने न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईलाई महाअभियोग लगाउनुपर्ने एमालेका नेताहरूले धारणा राखेका छन् ।

आजै ११ बजे बस्न लागेको एमाले संसदीय दलको बैठकमा यसबारे थप छलफल हुनेभएको छ। त्यहीबाट एउटा निष्कर्ष निकालेर एमालेले बाँकी चार न्यायाधिश विरुद्ध पनि महाअभियोग दर्ता गर्ने एमालेका एक नेताले बताए ।

असार २८ गते परमादेश जारी गरेको फैसलाले अहिलेको अस्थिरता निम्तिएको ठहर गर्दै एमालेले प्रधानन्यायधीशलाई महाअभियोग लगाउने भए त्यो फैसला दिने अन्य चार न्यायधीशलाईसमेत महाअभियोग लगाउनुपर्ने तर्क गरेको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);