सर्बोच्चका चार न्यायाधीशलाई महाभियोग लगाउने एमालेको तयारी, कार्की कामु हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सर्बोच्चका चार न्यायाधीशलाई महाभियोग लगाउने एमालेको तयारी, कार्की कामु हुँदै

काठमाडौ, चार न्यायाधीशलाई महाभियोग लगाउने बारे एमाले संसदीय दलमा छलफल भईरहेको छ। संसद भवनकोृ ल्होत्से हलमा जारी बैठकको अन्त्यमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निष्कर्ष दिने बताईएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सत्ता गठबन्धनले महाभियोग लगाएपछि त्यसको बदलामा चार न्यायाधीशलाई महभिागयोग लगाउने एमालेले संसदीय दलको बैठकमा छलफल भएको हो।

एमालेले प्रधानन्यायाधीश राणासहित परमादेश दिने पाँचै जना न्यायाधीशविरुद्ध महाभियोग लगाउनुपर्ने बताउँदै आएको थियो। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत कानुन व्यवसायीलाई प्रधानन्यायाधीशलाई मात्रै नभई पाँचै जना न्यायाधीश हटाउनुपर्ने अभिव्यक्ति दिएका थिए।

एमाले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलामा संलग्न अन्य चार न्यायाधीशलाई पनि महाभियोग लगाउन कदम चाल्न सक्ने देखिएको छ। जसमा न्यायाधीशहरू दीपककुमार कार्की (कायममुकायम प्रधानन्यायाधीश), मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडा छन्। एमालेले सर्बोच्चका बाँकी चार न्यायाधीशलाई महाभियोग लगाएपछि सर्बोच्चमा उमेर र वरिष्ठतका आधारमा हरिकृष्ण कार्की कामु हुने छन् । उनलाई यो नसोचेको उपलब्धी प्राप्त हुने छ।

प्रतिनिधिसभा २ सय ७५ सदस्यीय हो। ४ जना निष्कासनमा परेका कारण २७१ सदस्य कायम छ। यसको दुईतिहाइ १ सय ८१ हुन्छ।

एमालेबाहेक दल मिल्दा १ सय ७३ मत मात्रै पुग्छ। जसमा ४ जना निलम्बनमा छन्। यो पनि घटाउँदा १ सय ६९ कायम हुन्छ। १२ मत अपुग हुने देखिन्छ। कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ (सभामुखबाहेक), एकीकृत समाजवादीका २३ गरी १ सय ३२ पक्षमा देखिएका छन्। प्रतिनिधिसभामा एमालेका ९८ सांसद छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);