चैत दोस्रो साता उपराष्ट्रपति चुनाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौं, ३० फागुन । निर्वाचन आयोगको बुधबार बस्ने बैठकले उपराष्ट्रपति निर्वाचनको मिति र कार्यक्रम तय गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपतिको निर्वाचन सम्पन्न भएकाले उपराष्ट्रपति निर्वाचनको कार्यक्रम तय गर्न बुधबार बैठक बस्न लागेको जानकारी दिए ।

कानुनी दायराभित्र रहेर सकभर छोटो अवधिमा उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्ने तयारीमा आयोग लागेको जानकारी उनले दिए । राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको सात दिनभित्र उपराष्ट्रपति निर्वाचनको मिति घोषणा गर्नुपर्ने कानुनी व्यवस्था छ । उपराष्ट्रपतिको निर्वाचन चैतको दोस्रो साताभित्रै गर्ने तयारीमा आयोग जुटेको छ ।

प्रमुख आयुक्त डा. यादवले २०७४ माघ ७ भित्रै तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्व नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलाई थियो, त्यो पूरा भई नेपालमा सङ्क्रमणकाल अन्त्य भएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);