राष्ट्रपतिको निर्वाचन कहिले ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रपतिको निर्वाचन कहिले ?

काठमाडौं, १० माघ । प्रतिनिधि सभाले नयाँ सभामुख र उपसभामुख पाएपनि राष्ट्रपति/ उपराष्ट्रपतिको चुनावको मिति अझै तोकिएको छैन् । राष्ट्रपतिको निर्वाचन फागुन २५ भित्रै गर्ने गरी निर्वाचन आयोग अघि बढेको छ । आयोग राष्ट्रिय सभाका सदस्य पदको निर्वाचन माघ २५ र त्यसपछि फागुनमा राष्ट्रपतिको निर्वाचन गर्ने तयारीमा लागेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आयोगले यसबारेमा छलफलसमेत गरेको छ । राष्ट्रपति निर्वाचित हुन राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेशसभाका सदस्यले मत दिने संवैधानिक व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिलाई प्रतिनिधिसभाका २७५, राष्ट्रिय सभाका ५९ र प्रदेशसभाका ५ सय ५० गरी कुल ८८४ मतदाताले मत दिनेछन् ।

ढिलोमा पनि फागुुन २५ गतेभित्र राष्ट्रपति निर्वाचन गर्ने गरी अघि बढेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको भनाइ छ । उनका अनुसार पहिले राष्ट्रिय सभाको रिक्त सदस्यको उपनिर्वाचन, त्यसपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ । राष्ट्रपति निर्वाचन सकिएपछि आयोगले उपराष्ट्रपतिको निर्वाचन गर्ने छ ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन फरक–फरक मितिमा उल्लेख गर्नुुपर्ने व्यवस्था छ । व्यवस्थाअनुसार राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको १५ दिनभित्र उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि नसकिदै एक महिनाअघि नै गर्नुपर्ने संविधानमा व्यवस्था छ । तर, पुरानै राष्ट्रपति र उपराष्ट्रपति पदमा बहाल रहँदा कसरी नयाँ शपथ गराउने भन्नेस्पष्ट व्यवस्था नहुँदा आयोग अन्यौलमा पर्दा निर्वाचनको मिति तोक्न नसकेको हो ।

राष्ट्रपति विद्यादेवि भण्डारीको ५ वर्षे कार्यकाल आगामी फागुन २९ गते सकिदैछ भने उपराष्ट्रपति नन्दकिशोर पुनको पदावधि चैत्र ९ गते सकिदैछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);