राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कहिले ? | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कहिले ?

nirbachan aayog

काठमाडौं । राष्ट्रपतिको पदावधि सकिनुभन्दा करिब एक महिना अघि चुनाव गरिसक्नुुपर्ने प्रावधान अनुसार निर्वाचन आयोगले निर्वाचनको प्रारम्भिक तयारी अघि बढाएको छ ।
आयोगले राष्ट्रपतिको र उपराष्ट्रपतिको निर्वाचनको तयारी माघ २८ गतेभित्र गराउने प्रयासमा जुटेको हो ।

राष्ट्रपतिको फागुन २९ गते पदावधि सकिदै छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धि ऐन,२०७४ मा उल्लेख भएको प्रावधान अनुसार माघ २८ गतेभित्र निर्वाचन गराइसक्नुपर्ने छ ।
कानुन त आयोगले निर्वाचनको मिति तोकेर सरकारलाई दिनुपर्ने व्यवस्था छ । नेपाल सरकारलाई निर्वाचनको मिति दिएपछि आयोगले निर्वाचनको कार्यातालिका प्रकाशन गर्ने, मुख्य निर्वाचन अधिकृत, मतदान, मतगणना अधिकृत तोक्ने काम गर्दै आएको छ ।

राष्ट्रपति वा उपराष्ट्रपतिको पदमा उम्मेदवार बन्न कुनै पनि तहको सांसद हुन आवश्यक हुँदैन । मतदाता नामावलीमा नाम भएमात्रै पुुग्ने प्रावधान छ । प्रस्तावक र समर्थक भने सांसदहरु बाटै हुनुपर्ने कानुनी व्यवस्था छ ।
निर्वाचन मण्डलमा तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक प्रावधान रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);