राष्ट्रपतिको निर्वाचन मिति नतोक्दा कांग्रेसलाई चिन्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रपतिको निर्वाचन मिति नतोक्दा कांग्रेसलाई चिन्ता

nepali congress flag

काठमाडौं, १६ माघ । राष्ट्रपति/उपराष्ट्रपतिको पदावधि सकिनु एक महिना अघि नै निर्वाचन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था भएपनि निर्वाचन आयोगले मिति तोक्न ढिलाइ गरिरहेको छ । नेपाली कांग्रेसले निर्वाचनको मिति चाडो तोक्न आयोगको पटक–पटक ध्यानाकर्षण पनि गरारहेको छ । यद्यपि आयोगले अहिलेसम्म निर्वाचनको मिति घोषणा गर्न सकेको छैन् ।

आयोगले मिति तोक्न आनाकानी गर्दा कांग्रेसलाई छटपटि भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिदैछ, फागुन २९ गतेभित्र निर्वाचन सम्पन्न गरिसक्नुपर्ने कांग्रेसले माग गर्दै आएको छ ।
संविधान र कानुनको व्यवस्थामा विवाद देखिएको भन्दै आयोगले संविधान अनुसार निर्वाचन गर्नुपर्नेमा जोड दिदैं आएकोे छ । राष्ट्रपतिको कार्याकाल बाँकी रहदै नयाँ राष्ट्रपति चयन गर्दा देशमा दुईटा राष्ट्रपति हुने आयोगले तर्क गर्दै फागुनको अन्तिम सातातिर निर्वाचन गर्ने तयारी गरीरहको छ ।

कांग्रेस उपसभापति पुर्णबहादुुर खड्काले आयोगले राष्ट्रपति निर्वाचन ढिलाई गर्दा संसय पैदा भएको टिप्पणी गर्नुभएको छ । उहाँले फागुन २८ अगाडीनै निर्वाचन हुनेगरी मिति तोक्न आयोगलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै, प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुुष्पकमल दाहालसमक्ष राष्ट्रपति चुनाव फागनु २८ पछि लैजान नहुने सुुझाव दिएका थिए । समयमै राष्ट्रपतिको चुनाव नगराउदा कानुनको उंल्लघन हुने उनको भनाइ थियो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले फागुन २८ गते अगाडीनै निर्वाचन हुने बताए पनि अहिलेसम्म मिति तोकिएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);