गृह मन्त्रालयबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

गृह मन्त्रालयबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं, १६ माघ । आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने जनाइएको छ । आजको बैठकमा गृह मन्त्रालयबारे छलफल हुने छ ।

यसअघि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भएपनि रावि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो । नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी गुमाउनुभएको थियो ।

आईतवार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै उहाँले पुनः गृहमन्त्रीको दाबी गर्नुभएको छ । माओवादीले पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);