संसदीय दलको नेता चयनबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

संसदीय दलको नेता चयनबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं, ३ पुस । नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुबीच आन्तरिक गृहकार्य भइरहेको बेला नेकपा (माओवादी केन्द्र)को आज पदाधिकारी बैठक बस्ने भएको छ ।

बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा आज सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

माओवादीले दलका नेता र प्रधानमन्त्रीको रुपमा अध्यक्ष पुुष्पकमल दाहाललाई अघि सारेको छ ।

सत्तारुढ दलभित्रको गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेको बेला पार्टीको पदाधिकारी बैठक बस्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);