हामीले एक्लै विजयी हासिल गरेका होइन : महामन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

हामीले एक्लै विजयी हासिल गरेका होइन : महामन्त्री शर्मा

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लैले गत निर्वाचनमा सफलता हासिल नगरेको बताएका छन् । सबैदल आफूहरुसँग भएको भन्दै उनले सरकार बनाउने नाममा बिथोलिन दिन नहुने तर्क गरे ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै शर्माले अहिले प्रधानमन्त्री भन्दा पनि राष्ट्रपतिको विषय महत्वपुर्ण भएको जिकिर गरे । गठबन्धनबाट प्रधानमन्त्री बन्ने भएकोले दूई वर्षका लागि मात्र हुने उनको भनाइ थियो ।

राष्ट्रपति छनौटमा निकै गम्भिरतापूर्वक निर्णय लिनुपर्नेमा उनले जोड दिए । सबै दलले सहज तरिकाले समर्थन गर्ने व्यक्तिको आवश्यकता रहेको महामन्त्री शर्माले धारणा राखे । शर्माले आफू मन्त्री बन्ने अहिले नै चाहाना नरहेको पनि स्पष्ट पारे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);