विश्वप्रकाशको प्रश्नः प्रधानमन्त्रीलाई सल्लाह दिन्छ कस्ले ?  | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

विश्वप्रकाशको प्रश्नः प्रधानमन्त्रीलाई सल्लाह दिन्छ कस्ले ? 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनेर प्रश्न गरेका छन् । बहुमत सदस्यको उपस्थीतिमा सबैधानिक नियुक्ती गर्न सकिने प्रावधानसहित संबैधानिक परिषद सबन्धी बिद्येयक दर्ता गरे पछि पछि महामन्त्री शर्माले सो प्रश्न गरेका हुन । उनले सो बिद्येयक तत्काल फिर्ता गर्न पनि माग गरेका छन ।

‘ओलिको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन, ‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ, प्रधानमन्त्रीको गम्भीर जवाफदेहीता जरुरी छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);