कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सपरिवार कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सपरिवार कोरोना संक्रमित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना संक्रमित भएका छन् । आठ महिनापछि फेरि सपरिवार संक्रमित भएको शर्माले जानकारी दिए । सार्वजनिक कार्यक्रममा सतर्कता नगरेकै कारण आफू संक्रमित भएको भन्दै उनले आत्मालोचना गरेका छन् । कोरोना लक्षणले ग्रस्तपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको पोजेटिभ रिपोर्ट आएको शर्माले बताए । उनले एक सातासम्म आइसोलेसनमा रहने र त्यसपछि पुनः काममा फर्कने बताएका छन् । चिकित्सक परामर्शमा औषधि लिइरहेको उनको भनाइ छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);