काभ्रे कांग्रेसद्धारा गणेश लामासहित क्षेत्रीय सभापतिलाई कारबाहीको सिफारिस | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काभ्रे कांग्रेसद्धारा गणेश लामासहित क्षेत्रीय सभापतिलाई कारबाहीको सिफारिस

काठमाडौं, ३ पुस । नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

गत मंसिर ४ गते भएको आम निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै केन्द्रीय सदस्यहरु मधुुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति महेश खरेललाई कारबारी गर्न सिफारिस गरेको हो ।

शनिबार बसेको कांग्रेस काभ्रेको बैठकले उनीहरुलाई पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने गरी कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको हो ।

उनीहरुमाथि क्षेत्र नं २ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका शिवप्रसाद हुमागाई र तीर्थ लामालाई अन्तर्घात गरेको, प्रचारप्रसारमा नहिडेको, विपक्षी उम्मेदवारलाई मत मागेको लगायतका आरोप लगाइएको छ ।

नेकपा एमालेका नेता गोकुल बास्कोटालाई मतदान गर्न दबाब दिएको पनि उनीहरुमाथि आरोप छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);