केन्द्रकाे सर्कुलरले कांग्रेस महोत्तरीका नेता कार्यकर्ता अलमलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

केन्द्रकाे सर्कुलरले कांग्रेस महोत्तरीका नेता कार्यकर्ता अलमलमा

महोत्तरी । कांग्रेसले उम्मेदवार छान्ने समयतालिका बनाएर मातहतमा सर्कुलर जारी गरेपछि महोत्तरीका पालिकाहरूमा वडा अध्यक्ष उम्मेदवार छान्ने प्रक्रियाले निकै फड्को मार्‍यो । बर्दिबास नगरपालिकाका-६ वडामा कांग्रेसले आफ्ना उम्मेदवार घोषणा पनि गर्‍यो । तर, कांग्रेसको केन्द्रीय कमिटीले उम्मेदवार छान्ने प्रक्रिया स्थगित गर्न अर्को सर्कुलर जारी गरेपछि अलमल सिर्जना भएको छ ।

आइतबार नै कांग्रेस बर्दिबासले वडा न.३ मा यज्ञ प्रसाद ढुंगेल, वडा न.१ मा भोला खड्का, वडा न.२ मा चोलाराज प्याकुरेल र वडा न.७ का भोरिल यादवलाई उम्मेद्‌वारमा सिफारिस गरेको थियो । सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलको तयारीअघि बढेपछि कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको हो । योसँगै नेपाली कांग्रेसले टुंगो लगाइसकेका उम्मेदवारहरू विषयमा समेत अलमल सिर्जना भएको छ ।

नगरले उम्मेदवारले टुंगो लगाएको बताए पनि जिल्ला सभापति नागेश्वर यादवले भने यो पूर्ण आधिकारिक नभएको बताए । तर, नगरस्थित कांग्रेसका नेता तथा कार्यकर्ताहरूले उम्मेदवार सर्वसम्मति भएको भन्दै सामाजिक सञ्जालबाट बधाई र शुभकामना व्यक्त गरिरहेका छन् । पार्टीको स्पष्ट निर्देशन नआएसम्म नाम सिफारिस भएका उम्मेद्‌वारलाई आधिकारिक मान्न नसकिने सभापति यादवको भनाइ छ ।

यता, केन्द्रीय कमिटीको निर्णयले तल्लो तहमा समस्या बनिरहेको नेता शंकर फुयाल बताउँछन् । निर्णय मान्नै पर्ने बाध्यताले स्थानीय तहमा जसरी अगाडि बढनुपर्ने हो त्यसरी बढन सकिएको छैन,’ उनले भने ।

तर, कतिपय नेताहरूले भने केन्द्रको निर्देशनमा नै अटेर गर्नु पार्टीको लागि दुर्भाग्य बनेको बताइरहेका छन् । पाटी गठबन्धनको पक्षमा रहँदारहँदै तल्लो तहमा आफुखुसी निर्णयसमेत भइरहेको बताउँदै युवा नेता शैलेश थापा सहमतिमा जानुको विकल्प नरहेको बताए ।

‘अहिलेको परिवेशमा गठबन्धनको जरुरी छ । गठबन्धन हुनैपर्छ,’ उनले भने ।

यता बर्दिबास नगरपालिकाका केही  वडामा उम्मेदवार छानिसके पनि स्थगित गर्ने निर्णयसँगै नगर तथा वडा कमिटी पछाडि हटेको नगर सभापति युवराज पोखरेलले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);