गठबन्धनले महोत्तरी- १ 'क' को विवाद टुंग्यायाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गठबन्धनले महोत्तरी- १ ‘क’ को विवाद टुंग्यायाे

महोत्तरी। सत्तारुढ गठबन्धन दलले महोत्तरीका विवादित क्षेत्रमा साझा उम्मेदवार टुंग्याएको छ । महोत्तरी- १ ‘क’ मा लोसपाका पिताम्बर महतो र एकीकृत समाजवादीका सुरेश राउतमध्ये पिताम्बर महतोलाइ वैधता प्रदान गरेको हो। गठबन्धनविरुद्ध नै उम्मेदवार परेपछि अन्याेल सिर्जना भइरहेको बेला महोत्तरी-१ क को विवाद भने सावधान भएको छ । क्षेत्र न.२ क को  अझै छलफल जारी रहेको गठबन्धन दलका नेताहरुले बताएका छन । क्षेत्र न.२ मा गठबन्धनभित्रैबाट लोसपाका जयनुल राइन र एकीकृत समाजवादीबाट मन्जु यादवको उम्मेदवारी परेको थियो ।

क्षेत्र न. क मा भने गठबन्धनका साझा उम्मेदवार लोसपाका पिताम्बर महतोलाई बनाएपछि असन्तुष्टि चुलिएको छ ।  `भोलि बैठक बसेर मात्र निर्णयमा पुग्छौँ,´  लोसपाका नेता तथा उम्मेदवार सुरेश राउतले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);