उपेन्द्र यादवको धम्की : 'यस्तै अवस्थामा देश रहे जनबिद्रोह हुन्छ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

उपेन्द्र यादवको धम्की : ‘यस्तै अवस्थामा देश रहे जनबिद्रोह हुन्छ’

upendra yadav

काठमाडौं, १६ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भयानक जनविद्राहको चेतावनी दिएका छन् । सहिद दिवसको अवसरमा आज यादवले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन् ।
यादवले नेपाली जनता सूचित, चेतनशील र संगठित हुँदै गइरहेको भन्दै यस्तै अवस्था रहिरहेमा देशमा जबबिद्रोह हुन सक्ने टिप्पणी गरेका हुन् ।

संबैधानिक परिषदले न्यायाधीश, अख्तियार, महालेखा परीक्षक, निर्वाचन आयोग, मानव अधिकार आयोग, बित्त आयोग, महिला आयोग, समावेशी आयोग आदि संबैधानिक अङ्गहरुमा नियुक्तिकालागी सिफारिस गर्ने बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषदले नेपालको समग्र राष्ट्रहित सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा र नेपाली सेना परिचालनको सिफारिस गर्ने उनको भनाइ छ । नेता यादवले मधेशी, थारु, मुस्लिम, दलित, जनजाति आदिलाई सो संस्थाहरुमा समावेशीकरण हुनबाट बञ्चित गरेको उल्लेख गर्दै त्यसले राष्ट्रिय एकता जोगाउन असम्भव हुने धरणा राखेका छन् ।

यादव गत मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी क्षेत्र २ बाट निर्वाचनमा पराजित भएका थिए । उनलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले हराएका थिए । जसपाले सरकारलाई समर्थन गरेपनि मन्त्री भने पठाएको छैन् । उपराष्ट्रपतिको माग गर्दै सरकार सहभागी नभएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);