राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं, ८ फागुन । राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक अपरान्ह्र साढे ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ ।

राष्ट्रपतिको उम्मेदवारको विषयमा सत्तागठबन्धन दलबीच असमझदारी बढ्दै गइरहेको बेला सो बारे पार्टीभित्र छलफल गर्न बैठक बस्न लागेको हो । सत्तारुढ दल नेकपा एमालेले राष्ट्रपति पद आफूले पाउनुुपर्ने अडान लिइरहेको छ ।

प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गरेका छन् । कांग्रेसले राष्ट्रपतिमा आफुले अघि सार्ने उम्मेदवारलाई सघाउन माओवादीलाई आग्रह गरेको छ । त्यसको जवाफमा प्रचण्डले पार्टीभित्र छलफल गर्ने बताएका थिए । सोही अनुसार आज बैठक बोलाइएको हो ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);