प्रधानमन्त्री दाहाल र रवि लामिछानेबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री दाहाल र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वगृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र प्रचण्डबीच आज बिहान बालुवाटारमा भेट भएको हो ।

भेटमा राष्ट्रपतिको चुनाव र चितवन २ मा हुने उपनिर्वाचन बारे छलफल भएको स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतले नागरिकता विवादमा उनको सांसद पद समेत खारेज गरेपछि लामिछाने नेतृत्वको पार्टी सरकारबाट बाहिरिएका थिए । तर पार्टी ले सरकारलाई दिएको समर्थन भने यथावत राखेको छ ।

आजै माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न पदाधिकारीको बैठक बोलाएको छ । दाहाल र लामिछानेको भेटवार्तालाई निकै अर्थपुर्ण तरिकाले हेरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);