राष्ट्रपति उम्मेदवारबारे अन्तिम निर्णय लिन एमालेले बोलायो सचिवालय बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

राष्ट्रपति उम्मेदवारबारे अन्तिम निर्णय लिन एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं, १२ फागुन । राष्ट्रपति उम्मेदवारका बारेमा छलफल गर्न नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टीको शनिबार बिहान ९ बजे बस्ने सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने जनाइएको छ । बैठकमा राष्ट्रपति एमालेले पाउनु पर्ने एजेन्डालाई प्राथमिकता राखेर छलफल गरिने बुझिएको छ ।

बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्नेबारे छलफल भएको थियो । एमालेले राष्ट्रपतिको उम्मेदवारको लागि उपाध्यक्ष सुबासचन्द्र नेम्बाङ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवारको रुपमा अघि बढाउने चर्चा चलिरहेको छ ।

सचिवालयको बैठकपछि ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);