कांग्रेसले सम्पत्ति शुद्धीकरण विधेयकबारे विज्ञसँग परामर्श गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कांग्रेसले सम्पत्ति शुद्धीकरण विधेयकबारे विज्ञसँग परामर्श गर्दै

काठमाडौं, १२ फागुन । सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकमा नेपाली कांग्रेसले विषय विज्ञसँग परामर्श लिने भएको छ । परामर्श लिन पार्टीेले बैठकमा सम्पत्ति शुद्धीकरणका नेतृत्व सम्हालेका प्रेमप्रसाद भट्टराई, राष्ट्र बैंकको निर्देशक हरि नेपाल, नेपाल कानुन आयोगका अध्यक्ष तथा पूर्व कानुनमन्त्री माधव पौडेल, वरिष्ठ अधिव्यक्ता राधेश्याम अधिकारी र सर्वोच्च बार एशोशिएसनका कार्यसमिति सदस्य रेशम रेग्मीलाई पनि बोलाएको छ ।
आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । पार्टीको अहिले विहान ११ बजे नयाँ बानेश्वरस्थिति लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको हो ।

बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकबारे पार्टीको साँझा धारणा बनाउने जनाइएको छ । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिन लागेकाले कांग्रेसले विज्ञको राय लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);