धादिङमा दुइटा माइक्रो बस जुध्दा २२ जना घाइते, एकको अवस्था गम्भिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

धादिङमा दुइटा माइक्रो बस जुध्दा २२ जना घाइते, एकको अवस्था गम्भिर

काठमाडौं । शनिबार राति धादिङमा दुइटा माइक्रोबस ठोक्किदा २२ जना घाइते भएका छन् ।

थाक्रे गाउँपालिका–२ हुलाकडाँडामा दुई बस ठोक्किएका हुन् ।

काठमाडौंबाट गोरखातर्फ गइरहेको बा३ख ६१६४ नम्बरको माइक्रो र काठमाडौं आउँदै गरेको बा४ख ११८७ नम्बरको माइक्रो बस आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइतेहरुलाई थाक्रे पोलिक्लिनिक र अन्य अस्पतालहरुमा सामान्य उपचार पछि काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

घाइतेहरु मध्ये थाक्रेमा ७ जना, अन्नपुर्ण न्युरो अस्पतालमा ३, ट्रमा सेन्टरमा ८, मेडिसिटी अस्पतालमा २, सुभेक्षा अस्पतालमा २ जनाको उपचार भइरहेको छ ।

प्रहरीले एकजना चालकलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक फरार रहेका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);