गण्डकीका मुख्यमन्त्री प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

गण्डकीका मुख्यमन्त्री प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे

काठमाडौं, १० माघ । सत्ता गठबन्धन दलहरूबीच मन्त्रालयको भागबन्डा नमिलेर परामर्श लिन काठमाडौँ आएका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रधानमन्त्रीसँग भेट गरेका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । उनले मंगलबार शीर्ष नेताहरुसँग भेटेका थिए ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७४ संशोधन गरेर मन्त्रालय सङ्ख्या १२ बाट ७ वटा बनाउने निर्णय गरेको थियो । भागबन्डा नमिल्दा अधिकारीले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेनन् ।

अधिकारी र प्रचण्डबीच समसामयिक राजनीतिक घटनाक्रम, गण्डकीमा मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । नेकपा एमाले प्रदेश संसदीय दल नेता अधिकारी सत्तारुढ दलहरूको समर्थनमा मुख्यमन्त्री भएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);