भागवण्डा नपुग्ने भएपछि मन्त्रालय फुटाउने गण्डकी प्रदेशको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

भागवण्डा नपुग्ने भएपछि मन्त्रालय फुटाउने गण्डकी प्रदेशको निर्णय

पोखरा,२९ चैत्र । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भागवण्डा नपुुग्ने भएपछि मन्त्रायल फुटाउने भएका छन् । अधिकारीले प्रदेशमा रहेका ७ मन्त्रालय फुटाएर ९ वटा पुर्याउने निर्णय गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग रहेको आन्तकिर मामिला मन्त्रालय फुटाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा १२ वटा मन्त्रालय रहेको मा अधिकारी मुख्यमन्त्री भएकै बेला घटाएर ७ वटा मन्त्रालय बनाएका थिए ।

यसपाली मुख्यमन्त्री भएपछि अधिकारीले माओवादीका हरिबहादुर चुमान र दीपक मनाङेलाई बिना विभागीय मन्त्री बनाएका थिए । राप्रपाका २ जना सांसदलाई नै मन्त्री बनाउनु पर्ने भएकाले मन्त्रालयको बढाएको सत्तागठबन्धन स्रोतले जनाएको छ ।
गण्डकीमा नेपाली कांग्रेसका २७, एमालेका २२,माओवादीका ८,राप्रपाका २ र दीपक मनाङेसहित ६० जना सांसद छन् । प्रदेशको सभामुख माओवादीका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);