मुख्यमन्त्री फेर्न माग गर्दै सुदूरपश्चिमका काँग्रेस नेताहरु बालुवाटारमा | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

मुख्यमन्त्री फेर्न माग गर्दै सुदूरपश्चिमका काँग्रेस नेताहरु बालुवाटारमा

sudurpaschim pradesh

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नेपाली काँग्रेसका नेताहरु बालुवाटारमा पुगेका छन् । कांग्रेसले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीपद छाडेपछि सुदूरपश्चिम प्रदेशमा कांग्रेसले मुख्यमन्त्री पाउनु पर्ने भन्दै कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलको टोली बालुवाटार पुगेको हो ।

यसअघि प्रदेश १ र वागमती प्रदेशमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी बीच मुख्यमन्त्रीहरू भागवण्डा गर्ने अघोषित समझदारी भए पनि मन्त्रिपरिषद विस्तारका क्रममा आफूहरुले कम मन्त्रालय पाएको माधवकुमार नेपालले गुनासो गरेपछि दुबै प्रदेशमा माधव नेपालको पार्टीलाई मुख्यमन्त्री छाड्न प्रधानमन्त्री देउवा तयार भएका थिए । हाल सुदुरपश्चिम प्रदेशमा नेकपा माओवादीबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।

Leave a Reply