बाग्मतीमा चार दलको नेतृत्वमा दाबी, को बन्ला मुख्यमन्त्री ? | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

बाग्मतीमा चार दलको नेतृत्वमा दाबी, को बन्ला मुख्यमन्त्री ?

काठमाडौं । बाग्मती प्रदेशमा नयाँ सरकारका गठनका लागि आह्वान भएसँगै दलहरुले आफ्नो नेतृत्वमा तयारी तिव्र बनाउन थालेका छन् ।
केन्द्रीय सत्ता फेरिएसँगै प्रदेश सभा गठनमा पनि त्यसको प्रभाव परेको छ । सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले प्रदेशसभा नेतृत्वको लागि दाबी गर्दै आएको छ ।

नयाँ केन्द्रीय गठबन्धनपछि यस प्रदेशमा दोस्रो ठुलो दल नेकपा (एमाले) र तेस्रो ठुलो दल नेकपा (माओवादी केन्द्र)ले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । प्रदेश संघियताको खारेजीको माग गर्दै आएको चौथो ठुलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत आफ्नो एजेण्डा बिर्सिएर मुख्यमन्त्रीको दाबी गरिरहेको छ । राप्रपाको मुख्यमन्त्रीमा दाबी चासोको साथ हेरिएको छ । पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकारलाई समर्थन दिएको राप्रपा बागमती प्रदेशमा भने निर्णायक शक्ति बनेको छ ।

१ सय १० प्रदेश सभा सदस्य रहेको बाग्मती प्रदेशमा सरकार गठनका लागि ५६ जना प्रदेश सांसद आवश्यक पर्छ । यस प्रदेशमा कांग्रेसले एकीकृत समाजवादी र राप्रपाको समर्थन भए नयाँ सरकार बनाउन सक्छ । कांग्रेसको ३७, राप्रपाको १३ र एकीकृत समाजवादीको ७ जना सांसद छन् ।

एमाले बाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी बाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेल र राप्रपा बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री आ–आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरिरहेका छन्

यस प्रदेशमा एमालेको २७, माओवादी केन्द्रको २१, नेमकिपाको ३, हाम्रो नेपाली पार्टीको २ जना प्रदेश सभा सदस्य छन् । प्रदेश प्रमुखले पुस २५ गतेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबीसहित सरकार गठनका लागि आह्वान गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);