सुदूरपश्चिमको मुख्यमन्त्रीमा तीन दलको दाबी, कसले मार्ला बाजी ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा तीन दलको दाबी, कसले मार्ला बाजी !

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा केन्द्रीय सरकार गठन भएपनि प्रदेस सरकार गठनमा निकै समय लाग्ने देखिएको छ । केन्द्रीय सत्ता समिकरणले साना पार्टीहरुलाई पनि निर्णायक शक्ति बनाएको छ ।

सुदूरपश्चिम प्रदेशको चौथो ठुलो पार्टी नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीको दाबी गरिरहेको छ । उक्त प्रदेशमा पार्टीका सात जना मात्रै सदस्य निर्वाचित छन् ।

अघिल्लो वर्षमा नेकपा माओवादी केन्द्रले ५ वर्ष सरकार चलाएको भन्दै यसपटक एमालेले नेतृत्व पाउनुपर्ने दाबी गरिरहेको छ । तर माओवादीको भने सत्ता गठबन्धनको ठुलो दलको हैसियतले आफुले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी छ ।

एमालेले राजेन्द्र रावल, माओवादीले खगराज भट्ट र नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौध्री दलको नेतामा छनौट भएका छन् । ५३ सदस्यीय सुुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसले सबैभन्दा धेरै १९ सिटमा जित हात पारेको छ ।

नेकपा एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र एकजना प्रदेश सभा सदस्य छन् । प्रदेश सभाको सरकार गठनका लागि
एमालेसहित सत्ता गठबन्धनका ४ दल मिल्दा पनि सांसदको संख्या २९ हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);