निर्वाचन कानुन सुधार गर्न आयोगकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

निर्वाचन कानुन सुधार गर्न आयोगकाे आग्रह

ayodi prasad yadav

काठमाडौं, ३० कात्तिक । निर्वाचन आयोगले निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेका हुन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिनुपर्ने बताए ।

निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई नदिने हो भने निर्वाचनको मिति कानुनमै तोकि दिन उपयुक्त हुने पनि प्रमुख निर्वाचन आयुक्त यादवको सरकारलाई सुझाव छ ।

निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि पर्याप्त समय हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता शिक्षालाई प्रभावकारी रुपमा संचालन गर्न पनि निर्वाचनको तयारीका लागि पर्याप्त समयको आवश्यक्ता पर्न जाने स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);